कपिलवस्तु ,कार्तिक २५
खेलाडीलाई परिवारबाटै सहयोग नमिल्दा कपिलवस्तु जिल्लामा महिला खेलाडीको अभाव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन । जिल्लाको बाणगंगामा साथी संस्थाको आस्था परियोजना अन्र्तगत लैगिंक हिंसा न्युनिकरणका लागी जिल्ला खेलकुद बिकास समितीका प्रतिनिधी सँगको अन्तरक्रियाका सहभागीले सो बिचार व्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै कपिलवस्तु ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमालले महिला हिंसा रोक्ने अभियानलाई खेल क्षेत्र सँग जोडदा युवाहरुमा सचेतना प्रवाह गर्ने कार्य प्रभावकारी हुने बताए । उनले जिल्लामा महिला खेलाडीको अभाव रहेकाले महिला खेलाडी उत्पादन सगै समाज र परिवारले समेत महिला खेलाडीलाई प्रोत्साहन गर्ने बातावरण बनाउनु पर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथी रहेकी सञ्चारिका समुहकी जिल्ला अध्यक्ष पार्वती पाण्डेले आस्था परियोजनाले हिंसा रोक्न पुरुष परिचालनको निती लिएको कार्य नौलो प्रयोग भएको र लैगिंक हिंसा रोक्न सहयोगी देखिएको बताईन । उनले खेलकुद बिकास समिती र आबद्ध संघहरुमा महिला सहभागीता बृद्धि गर्न समेत माग गरिन । उनले महिला खेलाडीलाई परिवारले नै सहयोग गर्ने अवस्थाका कारण जिल्लामा महिला खेलाडीको अभाव रहेको उनको भनाई थियो । सो अवसरमा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष छबीलाल रेश्मी मगरले लैगिंक हिंसा रोक्ने अभियानको सचेतना फैलाउन समिती प्रतिबद्ध रहेको बताए ।
खेलकुद बिकास समितीले महिला खेलाडीलाई प्रोत्सहान गर्ने जनाउदै महिला खेलाडीलाई समाजमा प्रोत्साहन गर्ने बातावरण निर्माणमा सबैको पक्षको सरोकार हुनु पर्नेमा जोड दिए । कार्यक्रममा महिला हिंसा बिरुद्धको १६ दिवशिय अभियानका अवसरमा आगामी मंसिर ४ गते तौलिहवामा खेलकुद बिकास समिती ११ र भेट्रान ११ टोलीका बिच मैत्रीपुर्ण फुटवल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरिएको छ ।
सो अवसरमा समिती र परियोजनाको टोलीको बैठकले खेलकुद बिकास समितीले आयोजना गर्ने फुटवल खेलमा “हाम्रो गोल ः महिला हिंसा बिरुद्धको बोल ” भन्ने नारा सहित फेयरप्ले गर्ने र बिभिन्न प्रतियोगिता र कार्यक्रममा हिंसा रोक्ने अभियान बारे सचेतना प्रवाह गर्ने प्रतिबद्धता जनाईएको छ । खेलकु बिकास समितीका अध्यक्ष छबीलाल रेश्मी मगरको अध्यक्षता, समित िकृष्ण भट्टराईको स्वागत, परियोजना संयोजक खग प्रसाद चापागाईले उद्धेश्यमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन समितीका सदस्य सचिव मिन पोख्रेलले गरेका थिए ।
3