कपिलवस्तु , भदाैं २८ । केही दिन देखि खसी तस्करी बढेकाे तथ्य बाहिर आएपछि प्रहरीले सर्वसाधारण कै खसी बाेका भन्सार पठाउन थालेकाे छ ।
कपिलवस्तुकाे पश्चिमका खुला नाका हुँदै खसी तस्करी बढेपछि कपिलवस्तु प्रहरीले सर्वसाधारणका खसिबाेका समातेर भन्सार बुझाउन थालेकाे तथ्य बाहिरिएकाे छ ।
कृष्णनगर नगरपालिका १० साैनहवाका जमिल मियाँ चाैकमा साइकल पन्चरकाे पसल छ । उनलाई घरखर्ची चलाउन समस्या भएपछि घरमै खसी पालन शुरु गरेका हुन ।आफ्नाे आमा बिरामी भएपछि पैसा व्यवस्थापनका लागि आफ्ना ९ वटा खसी साेही गाउंका सुवास माैर्यकाे अटाे लु१ह १५९३ मा लाेड गरेर भदाैं २६ मंगलबारका दिन बिहान लगभग ५ बजे चन्द्राैटाकाे खसी बजार लग्दै गरेकाे अवस्थामा इलाका प्रहरी कार्यालय गणेशपुर मताहतकाे खडैंचा चाैकीका प्रहरीले समातेकाे खसी धनी जमिल मियाँ र भाइ रियाज मियाँले बताएका छन ।
प्रहरीले चेकजाँच गर्दा आवश्यक प्रमाण नपाएपछि अटाेसहित खसी लगायत सबै जनामाथि मुदा चलायाे। भारतबाट तस्करी भई आएकाे हाे भनि प्रहरीले वडा सिफारिसलाई बेवास्ता गरि साेहि दिन भन्सार कार्यालय कृष्णनगरलाई बुझायाे ।
भदाैं २५ गते साेमबार कृष्णनगर वडा १० बाट स्थानीय उत्पादन हाे बिक्रि गर्न सकिन्छ भनी वडाबाट सिफारिस दिएकाे वडाध्यक्ष हरिपाल चतुर्वेदीले बताउनुभएकाे छ भने अहिलेपनि जमिल मियाँकाे घरमा सा-साना खसिका बच्चासमेत रहेकाे जानकारी दिनुभयाे । वडाध्यक्ष चतुर्वेदीले प्रहरीले कसैकाे कुरा सुनेन र आमाकाे ओैषधिका लागि बिक्री गर्न लगेकाे खसी भन्सार पुर्याई पिडितमाथि थप आर्थिक संकट पैदा गरेकाे आराेप लगाएका छन ।
साैनहवा गाउँ कै रमजान भन्ने जमिल मियांका छिमेकिले घर पालुवा खसी रहेकाे बताउनुभयाे । उनले प्रहरीले खसी समातेपछि कागज घर विर्सेछु ल्याउनदिनुस भन्दा पनि ल्याउन नदिएकाे र माेबाइल समेत स्विचअफ गराएकाे कार्य निन्दनीय रहेकाे बताए ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर रिजालकाे अनुपस्थितमा इन्चार्ज रहेका मुद्दा हेर्ने प्रनानि डाेल बहादुर थापाले समातिएकाे खसी तस्करी कै हाे साथै अटाेमा बसेका तस्कर हुन भनी मुद्दा दाबि गरेर कृष्णनगर भन्सार पुर्याएकाे बताउनुभयाे । भन्सार कार्यालयले मान्छेकाे विगाे बापत १ लाख ३० हजार ताेकेकाे छ ।
3