नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएँ : राष्ट्रपति

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएको बताएका छन्।

उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

— President of Nepal (@OOP_Nepal) September 11, 2023

Facebook Comments Box