८ आश्विन २०८०, सोमबार

मौलाना मदनीको सम्झाना,किशोरीहरुलाई शिक्षा दिनुपर्नेमा जोड

सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २५
कपिलवस्तुको कृष्णनगरमा मौलाना अब्दुल्लाह मदनीको सम्झानामा बृहत कार्यक्रम सम्पन्न भएको छ । मौलाना मदनीको जिवनी आधारीत रहेर आज विशेष कार्यक्रम गरीएका हो । उहाले गरेका योगदानको बारेमा नेपाल तथा भारतका बरिष्ट मौलानाहरुले खुलेर प्रशांस गरेका थिए । photo-kri

बुधबार भएको कार्यक्रममा कपिलवस्तु क्षेत्र नं ५ का संसद अभिषेक प्रताब शाहले मौलना मदनीले गरेको कार्य प्रशांस योग्ग रहेको बताउनु भयो । मौलना मदनीले गरेको सबै भन्दा राम्रँे कार्य नेपालमा पहिलो पटक मुस्लीम किशोरीहरुको लागि गल्र्स कलेज स्थापन गरेको प्रती आभारी प्रकट गर्नु भयो ।
साथै संसद शाहले मदनीलाई सम्मान गर्ने नेपाल सरकार, शिक्षा मन्त्रलय, राष्ट्रपती कार्यलयमा गई पहल गर्ने बताउनु भयो ।
मौलाना अब्दुल्लाह मदनीले स्थापन गरेको खादिजा गल्र्स कलेजलाई संसद अभिषेक प्रताव शाहले रु दुई लाख सहयोग गर्ने प्रतिबद्धता जानउनु भयो ।
त्यस्तै कार्यक्रममा भारतका मर्कैजी जमियात अहले सुन्नत भारतका राष्ट्रिय अध्यक्ष मौलाना सलाहुदिन मकबुलले मदनीको योगदान उच्च रहेको भन्दै उहाको बारेमा नेपाल सरकारले केहि गर्नु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा भारतका मुस्लीम पर्सनल ल का सदस्य अब्दुल मोइद उहाले उर्दु शिक्षामा महत्वपुर्ण योगदान गरेको बताउनु भयो । सो कार्यक्रममा कल्कता युनिभर्ससीटीका प्रोफेसर डा आनवरुल हक,अब्दुल वहाब खील्जी, असद मजमी,हारुन सल्फी,राष्ट्रिय मदरशाका अध्यक्ष्ँ डा अब्दुल गनी अल कुफी लगायत नेपाल तथा भारतका चर्चित ३५ मौलानाहरुको सहभगीता रहेको मौलाना मश्हुद खान नेपालीले बताउनु भयो ।
मौलाना मदनीको जन्म सन् १९५५ मा भएको हो । उहाले सउदी अरबको मादिनामा रहेको इन्टर नेश्नल इस्लामीक युनिभर्ससिटीमा डिग्री हसिल गर्नु भएको थियो । मदनीले नेपाल, भारत, श्रीलंका, कुवेत,लन्डन लगायतका देशमा नेपाली उर्दु शिक्षाका बारेमा प्रचार प्रसार गर्नू भएको थियो । उहाले सन १९७९ मा नेपालमा पहिलो पटक उर्दु भाषाको पक्षिक पत्रिका निकाल्नु भएको थियो । उहाले नेपालमा पहिलो कुरानको वाचन कार्यक्रम समेत राष्ट्रपती भवन शितलनिवासमा गर्नु भएको थियो । उहाको देहन्त सन् २०१५ डिसेम्बर २२ तारिखका दिन कपिलवस्तुको कृष्णनगरमा रहेको उहाकै घरमा भएको थियो ।
कार्यक्रममा किफायतुल्लाह खान,डा‘ अनवारुल हक खान,मौलाना मशुद अहमद,मोहम्मद अहमद,जुनैद फैसल,अब्दुल नूर,मौलाना जमाल शाहका साथै बरिष्ट बुद्धजीवीहरु सहभगी भएका थिए । पहिलो सत्रको अध्यक्षता मौलाना अब्दुर्रहमान मुबारक पूरी ले गर्र्नु भएको थियो त्यस्तै दोस्रो सत्रमा मौलाना सलाहुद्दीन मकबूल अहमदले अध्यक्षता रहेको थियो । सो कार्यक्र सञ्चालन अब्दुस्सबुर नदवीले गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट