नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहसंगकाे पाँच प्रश्न

राजनीतिक पृष्ठभूमि
कुनै बेला नेपालका कान्छा सभासदका रुपमा पहिचान स्थापित गराउने पश्चिम कपिलवस्तुकाे ठुलाे राजनीतिक घराना ” शाह परिवार” काे नेतृत्व आफ्नाे हातमा लिएर विरासत बढाउदै लगेका नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्व सांसद अभिषेक प्रताप शाह हालका समयमा के- कस्ता रणनीति तथा राजनितीक अभ्यासमा व्यस्त छन । कपिलवस्तु जिल्लाबासी तथा राजनीतिक वृतमा पनि उत्सुकता रहेकाे पाइन्छ ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा कपिलवस्तु क्षेत्र ३ बाट चुनावमा हाेमिए , पराजित भएपनि सहर्ष जनताकाे मतलाई स्विकार गर्ने सानै उमेरमा चार पटक सांसद बनेका नेता शाहसंग निर्वाचनपछिकाे राजनीतिक अवस्था एवं रणनिति केन्द्रित गतिविधिमा आधारित रिपोर्ट –
१) तपाईं निरन्तर १६ बर्षदेखि संसदमा बसेकाे नेता, आफ्नाे क्षेत्रमा बस्नुपर्दा समय कसरी बिताउनु भएकोे काे छ ?
– म सांसद थिएं त्यति बेला पनि अधिकांश समय आफ्नाे क्षेत्रमा हुन्थे र अहिलेपनि क्षेत्रका जनताकै माझमा छु , सुख दुख बांढदै छु । साथै पार्टीले दिएकाे निर्देशन अनुसार राजनीतिक कार्यक्रममा सक्रियताका साथ भाग लिदै आएकाे छु । जनताले दिएका मतकाे कदर गर्दै निर्वाचनपछि जनताका समस्या बुझ्न अझ धेरै समय पाएकाे छु र क्षेत्रमा पुगेर इष्टमित्र एवं आफ्ना शुभेच्छुकसंग भलाकुसारी गर्ने माैका पाएकाे छु ।
२) कपिलवस्तुमा नेपाली कांग्रेसपार्टी भित्र नै आन्तरिक किचलो छ, त्यही कारण तपाईंले हार वेहार्नु भएकाे हाे?
– नेपाली कांग्रेस देशकाे एकमात्र लाेकतान्त्रिक पार्टी रहेकाेले सबैले आ-आफ्नाे विचार राख्न पाउँछन् । हाम्राे पार्टीमा अध्यक्ष व ठुला पदमा रहेका नै सबै हाेइन्न प्रत्येक कार्यकर्ताले आफ्नाे भिजन , सकारात्मक विचार पार्टीमा राख्न पाउंछ। अधिबेशनपछि पार्टीभित्रका केही गुटबन्दीले गर्दा जिल्लाकाे राजनीतिमा नेपाली कांग्रेसकाे अवस्था चिन्ताजनक बनेकाे छ ।नेपाली कांग्रेसका उम्मेदवार हारकाे मुख्य कारण अन्तरघात हाे कम्युनिस्टले हराउनै सक्दैन्न । आफ्नाे व्यक्तिगत स्वार्थमा आन्तरिक चलखेल गरि मलाई हराउन पनि पार्टी भित्र कै लागेका थिए तर केन्द्रीय नेतृत्वले असन्तुष्ट पक्षलाई समेट्न आवश्यक पहल बढाएकाे छ छिटपुटका आन्तरिक समस्या आफै समाधान हुन एकदमै जरुरी छ ।
३) तपाईंकाे क्षेत्रबाट कम्युनिस्ट पार्टीका मतदाता बढेकै हुन त ?
– मेराे क्षेत्र व जिल्लामा सिद्धान्तै नभएका कम्युनिस्टकाे विचार भन्दा नेपाली कांग्रेसलाई व्यवहारमा उतारेकै मतदाता बढी छन तर कम्युनिस्टहरु अंग्रेज जस्तै हुन – ” डिभाइड एण्ड रुल ।” नेपालका कम्युनिस्ट पार्टीहरु भ्रष्टाचारमा नम्बर एक पार्टी रहेकाले अनेकौं प्रलोभन देखाई नेपाली कांग्रेसका केही नेता कार्यकर्तालाई पार्टीभित्रै गुट बन्दी गराउंछन र निर्वाचनमा घात गर्न लगाउंछन । समानुपातिक भाेट यसकाे स्पष्ट प्रमाण हाे । प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह सबैमा नेपाली कांग्रेसकाे भाेट राम्राे छ तर सिट कम हुने गरेकाे मुख्य कारण अन्तर्घात नै हाे ।
४) शिवराज र विजयनगरमा भाेट घटेकाे छ के कारण हाेला ?
– स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकामा वर्तमान मेयर अजय थापा, विजयनगरमा जानकी यादव र कृष्णनगर नगरपालिकामा रजत प्रताप शाहलाई नेपाली कांग्रेसकाे टिकट दिन जिल्ला देखि प्रदेश ,संघ नेतृत्वलाई भन्दा भन्दै जिल्ला स्तरीय नेता तथा शिवराज नगरपालिकाका केही कांग्रेस नेताहरुले मैले सिफारिस गरेका कुनै उम्मेदवारकाे नाममा टिकट दिन मानेन । त्यही कारण मेराे क्षेत्रका दुई स्थानीय तहमा कांग्रेस नराम्रो पराजित हुन पर्याे । अर्काेतिर प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रसंगकाे गठबन्धनमा माओवादी नेताहरु जप्रपा र राप्रपातिर लागे फलस्वरुप अन्तर्घात र असहयाेगमा मलाई हार वेहाेर्नु पर्याे ।
५) नेपाली कांग्रेसभित्रकाे अन्तर-कलह बढ्दै गयाे भने पार्टी छाेड्ने हल्ला बाहिर छ , यथार्थ के हाे नेता ज्यु ?
– नेपाली कांग्रेस कसैकाे घरकाे पार्टी नभएर लाेकतान्त्रिक विचार बाेक्ने राष्ट्रिय पार्टी हाे । पार्टी मै रहि अन्तरघात गर्नेहरुलाई तह लगाउदै शुद्धीकरण गर्नुका साथै देशै कांग्रेसमय बनाउने मेराे लक्ष्य रहेकाेले काेही आफुलाई सर्वेसर्वा नबुझन सुझाव दिन चाहन्छु । नेपाली कांग्रेस ईतिहास बाेकेकाे पार्टी हाे हामी अवसरबादिता भन्दा सिद्धान्तमा हिड्ने हाैं ।