कपिलवस्तुका गाविस धमाधम खुला दिसामुक्त हुदै

सेयर गर्नुहोस

उदयपुर २३औं खुल्ला दिसामुक्त गाविस घोषणा….. 

                                     

ODF Udaypur VDC.
ODF Udaypur VDC.

सीताराम चौधरी / चन्द्रौटा(कपिलवस्तु), २४ कार्तिक ।

सन् २०१६ भित्र कपिलवस्तु जिल्लालाई नै खुल्ला दिसामुक्त बनाउने अभियानसागै यतिबेला विभिन्न गाविसहरु धमाधम खुला दिसामुक्त घोषणा भइरहेका छन् । सोही क्रममा जिल्लाको जिल्लाको पश्चिम दक्षिणमा पर्ने उदयपुर गाविसलाई २३औं (साविकको ३९औं) खुला दिसामुक्त गाविस घोषणा गरिएको छ ।

“उदयपुर गाविसको पहिचान, खुला दिसामुक्त अभियान” भन्ने मूल नारासहित गाविसका सम्पूर्ण घरधुरीमा शौचालय निर्माण भई स्थानीयको आनीबानीमा समेत परिवर्तन आएपछि उदयपुरलाई एक भव्य समारोहबीच खुला दिसामुक्त घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं सांसद सुरेन्द्रराज आचार्यले गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्नुभएको थियो । कार्यक्रममा आर.डब्लु.एस.एस.पी. (च्ध्क्क्ए) का प्रमुख सान्न लिना, स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपाने, एमाले जिल्ला सचिवालय सदस्य एवं साविक शिवपुर गाविस निवर्तमान अध्यक्ष नेत्रराज अधिकारी, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष सतिषचन्द्र गुप्ता, अजित सिंह, दीर्घनारायण पाण्डे, थुन्हियाका निवर्तमान अध्यक्ष प्रेमबहादुर रायमाझी, वास क्लस्टर प्रमुख अनिल पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

गाविसका बासिन्दाहरुको सक्रियता र विभिन्न सरोकारवालाहरुको अथक प्रयासले कूल ६सय ६ घरधुरीमा अनुदानरहित शौचालय निर्माण भएपछि गाविसलाई खुला दिसामुक्त गराउन सफल भएको गाविस सचिव देवराज चौधरीले दाबी गर्नुभयो । अभियानको शुरुवातमा २५ घरमा मात्र शौचालय निर्माण भएको भएपनि अभियान सफल बनाउन स्थानीयको ठूलो चासो र सक्रियता रहेको गाविस सचिव चौधरीले बताउनुभयो । गाविसलाई खुला दिसामुक्त घोषणापछि जिल्ला विकास समिति पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना (दोस्रो चरण) अन्तर्गत गाविसलाई पुरस्कार स्वरुप ३ लाखको चेक र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि सांसद सुरेन्द्रराज आचार्य र स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले गाविस सचिव देवराज चौधरीलाई चेक र प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । खुला दिसामुक्तसागै पूर्ण सरसफाई युक्त गाविसतर्फ निरन्तरता दिइने गाविस सचिव चौधरीले प्रतिबद्धता जाहेर गर्नुभयो ।

Facebook Comments Box