ग्यारेथ वेल छैटौं पटक बने वर्ष खेलाडी

Gareth Bale२४ कात्तिक, काठमाडौं । ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ दि इयर घोषित भएका हुन् ।

वेलकै प्रेरणामा वेल्सले यो वर्ष युरो कपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जुन उसको अहिलेसम्मकै ठुलो उपलब्धि हो ।

उनी २०१० मा पहिलो पटक वर्ष खेलाडी बनेका थिए । २०११ मा पनि उत्कृष्ट घोििषत उनलाई २०१२ कम भने जोए एलनले पछि पारे । तर, त्यसयता  वेलले लगातार चौथो पटक यो अवार्ड जितेका छन्  ।

स्टोक मिडफिल्डर जोए एनलाई प्लेयर्स र फ्यान प्लेयर अफ दि इयर अवार्ड दिइएको छ भने १६ वर्षका इथेन अम्पाडुलाई युवा वर्ष खेलाडी घोषणा गरिएको छ ।