अब कोलकात्तादेखि थाइल्यान्डसम्म बसबाटै जान सकिने, यस्तो बन्यो सडक

सेयर गर्नुहोस

काठमाडौं । केही समयमै भारतको कोलकात्तादेखि थाइल्याण्ड सडकमार्गबाटै जान सकिने भएको छ ।

यो सडकको ७० प्रतिशत निर्माण भइसकेको छ । १४०० किलोमिटर लामो यो राजमार्गले भारत–म्यानमार–थाइल्याण्डलाई जोड्नेछ ।

यो सडकले असमको श्रीरामपुरबाट बंगालको कोलकाता हुँदै सिलिगुडी–कुचबिहार हुँदै त्यहाँबाट दिमापुर हुँदै दिमापुरसम्म प्रवेश गर्नेछ ।

यो मणिपुरको राजधानी इम्फाल पुग्नेछ। त्यसपछि यसले मणिपुर–म्यानमार सीमा मोरेह हुँदै म्यानमारलाई जोड्नेछ। म्यानमारका सहर बागो–यांगुन हुँदै थाइल्यान्ड पुग्नेछ। लामो सडक सवारी यात्रा गर्न चाहनेका लागि यो सडक रामोञ्चक हुनेछ ।

हवाई यात्रा नगरी मानिसहरूले आफ्नो कार वा बाइक लिएर तीनवटा देशको यात्रा गर्नसक्नेछन् । अधिकतम १४०० किलोमिटरको यात्रा २० देखि २५ घण्टा लाग्ने छ ।

यो सडक निर्माण गर्नुको वास्तविक उद्देश्य उत्तर पूर्वको पूर्वाधारलाई बलियो बनाउनु र भारतीय सामानहरू एशियाली देशहरूमा ढुवानीलाई सहज बनाउनु रहेको बताइन्छ ।

एसियाका अन्य देशका बजारहरू चिनियाँ सामानले भरिएकाले भारतले सबै देशमा सडकमार्ग विस्तारको लक्ष्य लिएको छ । सडक सञ्जाल विस्तारमा भारतले चीनलाई उछिन्दै दोस्रो स्थान कायम गरेको छ ।

Facebook Comments Box