पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

सेयर गर्नुहोस

काठमाडौं : पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार समातिएका छन्।

पूर्वसांसद समेत रहेका रौनियारलाई आज (शुक्रबार) बानेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएकाले नियन्त्रणमा लिइएको डिआइजी कडायतले बताए।

बाँके प्रहरीको अनुरोधमा रौनियारलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आजै राति या भोलि बिहान सडकको अवस्था हेरेर नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ।

निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचनाको निर्माणमा मापदण्ड पूरा नगरेको भन्दै उनी विवादमा तानिएका थिए।

रौनियार पर्सा क्षेत्र ३ बाट निर्वाचित पूर्वसांसद् हुन्। सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Facebook Comments Box