आयरल्यान्डसँगकाे खेलमा अमेरिका १ सय ९६ रनमा अलआउट

सेयर गर्नुहोस

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको ‘प्लेअफ’ खेलमा अमेरिकाले आयरल्यान्डलाई १ सय ९७ रनकाे लक्ष्य दिएकाे छ ।

हरारेमा टस हारेर ब्याटिङ गरेकाे अमेरिका ४२ ओभर ४ बलमा १ सय ९६ रनमा अलआउट भयाे । अमेरिकाका सुशान्त माेदानी र साइतेजा मुकामलाले समान ५५ रन बनाए । बलिङतर्फ आयरल्यान्डका क्रेज याेङले ३ तथा मार्क एडर, ब्यारी म्याककार्थी र एन्डी म्याकब्राइनले २/२ विकेट लिए ।

आयरल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Facebook Comments Box