विद्युत वितरण केन्द्र कृष्णनगर विद्युत पाेल बेचेर हजारौं असुल्दै
कपिलवस्तु ,असार १४ । जिल्लाकाे कृष्णनगर विद्युत वितरण केन्द्रले केही दिन देखि सर्वसाधारणलाई विद्युत पाेल बेच्ने गरेकाे तथ्य बाहिर आएकाे छ ।
कृष्णनगर विद्यु वितरण केन्द्र ले याेजनादेखि सर्वसाधारण सम्मलाई ठेकेदारसंगकाे सेटिङ्गमा पाेल बिक्रि गर्दै आएकाे छ ।
विजयनगर गाउंपालिका ७ खडैचाका ओमप्रकाश भन्छन तीन महिनादेखि मिटर जडानकाे निवेदन दिएकाे छु तर पाेल खरिद गरेमात्र मिटर कनेक्सन पाइने विद्युत वितरण केन्द्र कृष्णनगरका इन्जिनियरले बताउनुभएकाे छ । केही दिन पहिला पाेल कै लागि के-के प्रक्रिया पुर्याउनुपर्छ हाकिमलाई साेध्दा – पाेलका लागि महराजगंजकाे सब-वितरण केन्द्रमा जानुस त्यसपछि मिटर पाउने बताएपछि त्यहां पनि पुगेकाे ओमप्रकाशले बताएका छन । सबवितरण महराजगंजका कर्मचारीले पाेल किन्नुहुन्छ भने २२ हजार जति रकम जमा गर्नुपर्छ भनेपछि उनी फर्केका हुन ।
त्यस्तै कृष्णनगर नगरपालिका अन्तर्गत सानाे चाैराहादेखि दक्षिणबाटाेमा दुवै तर्फ नाली निर्माण याेजना चल्दैछ । नली निर्माणका क्रममा केही पाेल हटाउनुपर्ने जानकारी वितरण केन्द्र कृष्णनगरलाई दिएकाे गंगा कन्स्ट्रक्सनका प्राेपराइटर बृजेश चतर्वेदीले बताउनुभयाे । चतुर्वेदीका अनुसार वितरण केन्द्र प्रति पाेल ११ हजारका दर ले नगरपालिकालाई बेचेकाे छ र तार पाेष्टिङ्गका लागि पनि हजाराैं रकम असुलेकाे छ । त्यस्तै वडा ९ मै उपभोक्ता समिति मार्फत बन्दै गरेकाे अर्काे नालीमा पर्ने पाेल हटाउन २२ हजार जति वितरण केन्द्रले लिएकाे उपभोक्ता समितिका पदाधिकारी बताउछन ।
आर्थिक बर्ष ०७९/८० काे पाेल खरिद ठेक्का भैसकेकाे छ । केही संख्यामा पुराना पाेल हुलाकी सडक र कृष्णनगर-चन्द्राैटा सडकखण्डबाट पनि प्रधिकरणकाे माैजदातमा छन तर पनि वितरण केन्द्रबाटै पाेल बेच्ने काराेबर गर्न नपाउने व्यवस्था हुंदाहुदै पनि कार्यालय प्रमुखकाे निर्देशनमा बिक्रि भइरहदा माथिल्लो निकाय माैन बसेकाे पिडितहरुले गुनासाे गरेका छन ।
कार्यालय प्रमुख शुसिल पाैडेलले विद्युत पाेल हामीले विक्री गर्दैनाै इमिलियाका पाेल निर्माण कम्पनीसंग खरिद गर्नुपर्छ । प्रत्येक पाेल ११ हजार दुई सय पर्छ र सर्वासाधारणले किन्न नपर्ने उनले बताए ।तर मिटर जडान निवेदन दिने सर्वसाधारणले पाेल कार्यालयबाटै बिक्री भईरहेकाे बताउदै आएका छन ।
