एशियाडका लागि नेपालका चार खेलाडी छनोट

सेयर गर्नुहोस

काठमाडौं : चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले बुधबार जानकारी दिए।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भएका छन् । त्यस्तै महिलातर्फ ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिएका छन्।

एशियाड आगामी असोज ६ गते शुरु हुँदैछ।

Facebook Comments Box