२५ मंसिर २०८१, मंगलवार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा मात्रै धेरै, निर्माण अघि बढ्दैन

Bara Nijgadh Internationl Airport२४ कात्तिक, काठमाडौं । जब जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या देखिन्छ, तबतब बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए)को चर्चा हुन्छ ।

चर्चा हुन थालेको दुई दशक बित्न थाले पनि विमानस्थल निर्माण योजना भने अझै पनि अन्योलमा छ । ०५५ देखि निजगढमा विमानस्थल बनाउने चर्चा सुरु भएको हो ।

२३ फागुन ०६६मा पर्यटन मन्त्रालय र कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइडबीच आयोजनाको विस्तृत परियोजना अध्ययन (डिपिआर) गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।

ल्यान्डमार्कले १७ साउन ०६८ मा सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन पेस गर्यो । जसमा ३५ लाख ५१ हजार डलर खर्च भयो । डिपिआर बनाउने कम्पनीले निर्माण गर्न चाहेमा सोही कम्पनीलाई प्राथमिकता दिने र निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बनाउने सहमति रहेको आजको नयाँ पत्रिकामा समाचार छ ।

ल्यान्डमार्कको डिपिआरअनुसार विमानस्थल निर्माण गर्न पहिलो चरणमा करिब ६४ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । दोस्रो र तेस्रो चरणमा तीन खर्ब ५८ अर्ब लाग्ने अनुमान गरिएको छ ।

यसबाहेक एयरपोर्ट सिटीसमेत बनाउन कुल सात खर्ब लागत लाग्ने अनुमान गरिएको छ । तर, अघिल्लो सरकारले विमानस्थल स्वदेशी स्रोतबाटै बनाउने निर्णय गरिसकेको छ । यसको लागत भने नयाँ डिपिआर भएपछि मात्र निश्चित हुनेछ ।

धेरै कमेन्ट गरिएका