‘जीवन बचाऔं’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइँदै
काठमाडौं : अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस आज नेपालमा पनि जनचेतनामुलक कार्यक्रम गरि मनाँइदैछ।
यस वर्ष ‘जीवन बचाऔं’ भन्ने दिवसको नारा तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ। विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने विषयमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ।
विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरू युवा छन्। लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजारमानिसको ज्यान जान गरेको छ।
Facebook Comments Box
