कपिलवस्तुकाे विजयनगरमा ४७ क्युफिट सालकाे काठ बरामद

सेयर गर्नुहोस

८ असार, विजयनगर । कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ६ वटा सालकाे गाेलिया बरामद गरेकाे छ । विजयनगर गाउँपालिका वडा नम्बर १ वीरपुर घाटबाट बेवारिसे अवस्थामा ४७.४५ क्युफिट सालकाे काठ बरामद गरेकाे साझेदारी बनका अध्यक्ष प्रवेज आलम खाँले जानकारी दिए ।

 

काठ तस्करले चाेरी पैठारी गरि लुकाइ राखेको अवस्थामा सालकाे काठ बरामद गरिएको उनले बताए । बनका कर्मचारीका अनुसार करिब ७० हजार बराबरकाे काठकाे मुल्य रहेकाे छ ।

 

शुक्रबार बिहान सुराकीको आधारमा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष प्रवेज आलम खाँ र साझेदारी वनका कर्मचारीको सहयोग उक्त बेवारिसे सालकाे काठ बरामद गरिएको साझेदारी बनले जनाएको छ ।

Facebook Comments Box