कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुद्धारा पेन डाउन

सेयर गर्नुहोस

कपिलवस्तु-
उप मेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहीत कर्मचारीहरुलाई गाली गलौच गरी दुब्र्यवहार समेत गरेको भन्दै कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले शुक्रवार दिउसो देखि पेन डाउन गरी बिरोध प्रर्दशन उत्रेका छन । असार १० गते नगरको नीति तथा कार्यक्रमकालागि सभा हुने मिति तय गरिएको छ । नगर सभा कै पुर्व सन्ध्यामा कर्मचारीहरुले गरेको पेन डाउनले कामकाज प्रभावति हुने देखिएको छ ।

नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालको कार्यकक्षमा आगामी बर्षको नीति कार्यक्रम तथा बजेटका बिषयमा छलफल चलीरहेका बेला उम मेयर गुप्ताले आफनो श्रीमान संजयलाई समितिमा राख्न आग्रह गरिन । तर बैठकमा सहभागी रहेको वडाध्यक्षहरुले त्यो नमिल्ने बताए । प्रमुख प्रशाकीय अधिकृत अर्यालले यो बिषयमा मेयर सुदीप पौडेलको भएकाले यसमा आफुले केही भन्न नमिल्ने बताए ।

नगरपालिकाको भुई तलमा पहिले देखि बसीरहेको संजय त्यही बिषयमा आक्रोसित भएका थिए । संजयले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई तथानाम गाली गालौच गरेको कर्मचारीहरु बताउछन । संजयको मेयर सुदीप पौडलसंग समेत केही बेर भनाभन भएको थियो ।नगरपालिका कर्मचारीहरु अनुसार गुप्ताले पहिले देखि र्नै कर्मचारीहरुलाई गाली गलौच गर्ने अख्तियारमा अनावश्यक मुद्दा हालेर मानसिक तनाव दिद आएका थिए ।

दिउसो कर्मचारीहरुले बिरोध प्रर्दशन गर्दै काम गर्ने वातावरण हुनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए । नगरपालिकाका कर्मचारीहरु भेला भई काम गर्ने वातावरण नभए सम्म पेन डाउन गर्ने निर्णय गरको छन । यस्तै उनीहरुले घटनाको संजय उपर प्रचलित कानुन अनुसार कारबाहीको माग गरेका छन । नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले संजय गुप्ताले पहिले देखि नै कर्मचारीहरुलाई दुब्र्यवहार र गालीगलोच गर्दै आएको बताए । उनले यस्तो कार्यले आफुहरुको मनोबल खसेको र काम गर्ने वातावरण नै नभएको बताए ।

उता प्रमुख प्रसाकीय अधिकृत अर्यालले कर्मचारीहरुमाथी गालीगलौच र दुब्र्यवहार गर्ने गुप्तामाथी प्रचलित कानुन अनुसार कारबाही गर्न प्रहरी कार्यालय उजुरी समेत दिएका छन । यस बिषयमा जानकारी लिन खोज्दा संजय गुप्ताले फोन उाठएनन ।

Facebook Comments Box