थाहा आन्दोलनका प्रणेता विष्टको २४ औँ स्मृति दिवस

सेयर गर्नुहोस

काठमाडौं : थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २४ औँ स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा बिहीबार काठमाडौं, मकवानपुरको हेटौंडा र पालुङमा कार्यक्रम गरिँदैछ।

रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए। त्यसवेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।

विष्टले ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद, छोराछोरी दुवै पढाउने जिन्दावाद’ जस्ता नारासहित अभियान चलाएका थिए। उनले छोराछोरीलाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए। विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। प्रजातन्त्रवादी विचार भएकै कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी पक्राउ परेका थिए।

१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका उनको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो।

Facebook Comments Box