प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

सेयर गर्नुहोस

काठमाडौं : प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयक अन्तरगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने भएको छ।

बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ४ मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुन लागेको हो।

यी ४ मन्त्रालयका बजेट शिर्षकमाथि सांसदहरुसूर्य प्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेश कुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युत प्रसाद मैनाली, ज्वाला कुमारी साह, प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

Facebook Comments Box