हवाइ इन्धनको भाउ घट्यो
काठमाडौं : सरकारले हवाइ इन्धनको भाउ घटाएको छ ।
नेपाल आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ। अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा साबिकको मूल्यमा प्रति किलोलिटर २०० अमेरिकी डलर (प्रतिलिटर करिब २६ रुपैयाँ) ले घटेको छ।
मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाइ इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री हुने मूल्यप्रति लिटर ३.६९ रुपैयाँले सस्तो भएको छ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ।
Facebook Comments Box
