समाजवादी मोर्चामा सहभागी नगराइएकोमा बाबुरामको असन्तुष्टि

सेयर गर्नुहोस

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामा आफूहरूलाई समावेश नगराएको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार साँझ ट्वीट गरी उनले दुई वर्षअघिदेखि समाजवादी केन्द्रको अवधारणा ल्याउने आफूहरूलाई जानकारी नै नदिई मोर्चा गठन गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘के यो सबै आकस्मिकता हो?’, उनले प्रश्न गरेका छन्, ‘कृष्णलाई देवकीकै गर्भमा हुॅदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए? विचार कसैले मार्न खोज्दैमा मर्छ र?’

उनले तत्कालीन समयमा नयाँ शक्ति स्थापना हुँदा  निर्वाचन चिह्न नै नदिएको, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउँदा आफूहरूसँग ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसद हुॅदा पनि पार्टीको मान्यता नदिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत माओवादी, माधवकुमार नेपालनेतृत्वको एकीकृत समाजवादी पार्टी, उपेन्द्र यादवनेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार समाजवादी मोर्चा घोषणा गरेका थिए।

हेर्नुहोस् बाबुरामको ट्वीट

पहिलो, नयाॅ शक्ति स्थापना हुॅदा निर्वाचन चिन्ह नै नदिनु! दोश्रो, अरूलाई २०% मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसंग ४०% भन्दा बढी के स र सांसद हुॅदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु! तेश्रो,दुइ बर्ष अघिदेखि समाजवादी केन्द्र/ मोर्चाको…

— Baburam Bhattarai (@brb1954) June 20, 2023

 

Facebook Comments Box