भन्सारकाे निष्क्रियताले पशु क्वारेन्टाइन बन्द हुने अवस्थामा

सेयर गर्नुहोस

कपिलवस्तु , असार ५ । जिल्लाकाे कृष्णनगर भन्सार नाका हुदै जीवजन्तु पैठारी पुर्णतः बन्द रहेकाले करोडौंकाे लागतमा बनेकाे पशु क्वारेन्टाइन चेक पाेष्ट बनणद हुने अवस्थामा पुगेकाे छ ।

काेराेना संक्रमणका समयमा नाका बन्द भएकाले खसी ,गाेरु, रांगा लगायतका जनावर तथा माछाका दाना नेपाल भित्रिने दर कम भई राजस्व समेत प्रभावित बनेकाे थियाे । हाल पुर्ण रुपमा कृष्णनगर नाका संचालित भएकाे एक बर्ष बढी भएपनि जीवजन्तु पैठारी हुन सकेका छैन्न ।
अर्काेतिर कृष्णनगर भन्सार कार्यालयकाे निष्क्रियताले नेपाल-भारत खुला सिमानाकाे फाइदा उठाउने तस्करहरुमाथि निगरानी नगरिएकाले अवैधरुपमा नेपालभित्रिने जीव व जीवजन्य बस्तुकाे आन्तरिक आपूर्ति हुदै आएकाे छ तर राजस्व भने उठाउन सकिरहेकाे छैन ।
साे सम्बन्धमा कृष्णनगर भन्सार कार्यालयका प्रमुख गगन बिकसंग जानकारी लिन खाेज्न उनले गैरजिम्मेवार भई जवाफ दिए । प्रमुख बिकले ‘ राजस्व उठ्दैन भने भन्सार नाका नै बन्द गरे हुन्छ’ भनि जवाफ फर्काएका थिए । भन्सार प्रमुखले अहिलेसम्म कुनै प्रकारकाे सक्रियता नदेखाएकाले चेक पाेष्ट बन्द हुने अवस्थामा पुगेकाे पशु क्वारेन्टाइनका कर्मचारी बताउँछन् । खुला सिमानामा सुरक्षा तन्त्रकाे सहयाेग एवं समन्वयमा तस्करी नियन्त्रण गरे मात्र क्यावरेन्टाइन भई राजस्व बढाउन सकिने स्राेतले बताएकाे छ ।
त्यसैगरि भारतबाट पैठारी हुन लागेका जीवजन्तुकाे निराेगिता प्रमाणपत्र दिने क्वारेन्टाइन कार्यालय उत्तरप्रदेशकाे लखनउमा रहेकाेले साेकाे व्यवस्थापन मिलाउनसमेत कृष्णनगर भन्सार कार्यालयले बिभाग तथा मन्त्रालय समझ सक्रियताका साथ उपस्थित नभएकाे स्राेतकाे दाबी छ ।
भन्सार कार्यालयले भारततिरकाे क्वारेन्टाइनका लागि भन्सार बिभाग लगायतका सम्बन्धि निकायमा पहल गरे जीवजन्य बस्तु आयात भई लक्ष्य अनुरुप राजस्व उठ्ने सम्भावना बढ्छ । पशु क्वारेन्टाइन चेकपोस्ट कृष्णनगरले विदेशबाट आयात हुने पशुपंक्षि र पशुजन्य पदार्थ तथा उत्पादकाे निसंक्रमणता जांच गर्ने गर्छ । अवैध तरिकाले भित्रिने पशुपंक्षीहरुमा संक्रमणकाे उच्च जाेखिम हुन सक्छ ।

Facebook Comments Box