आज अमेरिका जाँदै भारतीय प्रधानमन्त्री मोदी
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अमेरिका जाँदैछन्।
विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव हर्षवर्द्धन श्रृंगलासहित केही वरिष्ठ अधिकारीका साथ अमेरिका प्रस्थान गर्न लागेका मोदी २४ जुनसम्म त्यहाँ रहने छन्। यस क्रममा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिन लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच आगामी शुक्रबार वासिंगटनमा भेटवार्ता हुनेछ। मोदीले बुधबार बिहान संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मञ्चमा योग गराउने कार्यक्रम छ।
विदेश सचिव श्रृंगलाले मोदी र बाइडेनबीचको द्विपक्षीय वार्तामा प्रमुख क्षेत्रीय मुद्दाका साथै आतंकवादविरुद्धका उपायका सम्बन्धमा पनि छलफल हुने जानकारी दिए।
Facebook Comments Box
