ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना घाइते

सेयर गर्नुहोस

काठमाडौं : ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

शनिबार बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार घाइते सबैको अवस्था सामान्य छ। बी एण्ड बी अस्पतालमा १८ जना र किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको उनले जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसारतीव्र गतिमा रहेका कारण बस अनियन्त्रित भइ पल्टिएको हो। ओरालो सडकमा बस पल्टिएर झण्डै १०/१५ मिटर जति घिस्रिएको प्रहरी निरीक्षक डाँगीले बताए।

बसमा २४ जना सवार थिए।

Facebook Comments Box