काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने

सेयर गर्नुहोस

काठमाण्डाै – काठमाण्डाै भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्ने भएका छन् ।

काठमाण्डौ महानगरपालिकाले गएको १९ गते सार्वजनिक सूचना निकालेर आजदेखि नयाँ बसपार्कबाट मात्रै गाडी सञ्चालन गर्न भनेको थियो ।

यस्तै, महानगरपालिकाले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन समेत निर्देशन दिएको थियो ।

नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी चले–नलचेको तथा बसपार्क बाहिरका टिकट काउन्टर हटाए/नहटाएकोबारे महानगरले अनुगमन समेत गर्दैछ । अनुगमनका क्रममा निर्देशनको बेवास्ता गरेको पाइए ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनअनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ।

Facebook Comments Box