श्रीलंकामा ४ करोड ८६ लाख अमेरिकी डलर बराबरको अवैध चुरोट नष्ट

सेयर गर्नुहोस

एजेन्सी
श्रीलंकामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरिएको छ। श्रीलंकाली अधिकारीका अनुसार हालसम्मकै ठूलो परिमाणको चुरोट नष्ट गरिएको हो।

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दैे अवैध रूपमा पैठारी भएको चुरोटको मूल्य श्रीलंकाली १५ अर्ब रुपैयाँ अर्थात् ४ करोड ८६ लाख अमेरिकी डलर रहेको अन्तराष्ट्रय सञ्चार माध्यमले जनाएका छन्।

सियाम्बालापिटियाले श्रीलंकाको भन्सारले नष्ट गरेको चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताए।

श्रीलंकको भन्सारले दुई वर्षयता यस्ता थुप्रै तस्करी प्रयासलाई विफल पारेर निषेधित वस्तु जफत गरेको समाचारमा जनाइएको छ।

Facebook Comments Box