बैतडीमा ज्येष्ठ नागरिकको दौड प्रतियोगिता
बैतडी : मेलौली नगरपालिकाले जेष्ठ नागरिक दौड प्रतियोगिता गरेको छ।
वडा नम्बर ७ को भरतपुर आधारभूत विद्यायलमा आइतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ पशुपति अवस्थी पहिलो, सुर्मादेवी कार्की दोस्रो र धना चन्द ठगुरानी तेस्रो भए। यस्तै पुरुषतर्फ इन्द्र सिंह कार्की पहिलो, शेरी चन्द दोस्रो र कृष्णसिंह भाट तेस्रो भए।
१०० मिटरको यो दौडमा प्रथम हुनेलाई आठहजार, दोस्रोलाई पाँच हजार र तेस्रोलाई ३ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो। यस्तै अन्य सहभागीलाई पनि ७०० रुपैयाँ तथा मेडल र प्रमाणपत्र दिइएको वडाध्यक्ष रामचन्द्र भट्टले बताए।
वडा कार्यालयले आर्थिक वर्ष २०७९/८०को बजेटमा जेष्ठ नागरिकको १०० मिटर दौड प्रतियागिता शीर्षकमा ५० हजार बजेट छुट्याएको थियो।
Facebook Comments Box
