कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सेयर गर्नुहोस

काठमाडौं : कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।​ काललीकोट शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।

कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए।

मृत्यु हुनेमा चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरको भएको रिमालको भनाइ छ।

Facebook Comments Box