प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतको राजीनामा माग

सेयर गर्नुहोस

काठमाडाैं । राष्ट्रिय एकता अभियानले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतकाे राजीनामा माग गरेकाे छ ।

अध्यक्ष बस्नेतमाथि यातना र साइबर अपराधको आरोपमा परेको उजुरीको आधारमा तत्काल राजीनामा दिन अभियानले
एक प्रेस विज्ञप्तिमार्फत आग्रह गरेकाे छ ।

बस्नेतले उजुरी फिर्ता लिन पिडीतका परिवार र कार्यरत संस्थाका प्रमुखलाई दबाब दिने प्रयास गरेको समेत दाबी गरिएकोले आरोपित बस्नेत पदमा बसिरहदा उजुरीमाथि निश्षक्ष छानबीन प्रभावित हुने भएकोले राजीनामा माग गरिएकाे अभियानका सञ्चार विभाग प्रमुख हेमन्त सिंहले जानकारी दिए ।

बस्नेतले मध्यरातमा फेसबुक म्यासेन्जरबाट अनावश्यक फोन गरेर र म्यासेज पठाएर साइबर अपराध गरेको आरोप लगाई एक अनलाइन सञ्जालमा काम गर्ने महिला पत्रकारले दिएको उजुरी उल्लेख छ ।

यी गम्भीर आरोपहरूले प्रेस काउन्सिल नेपालका अध्यक्षको आचरण र इमान्दारितामाथि हामिलाई चिन्तित बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box