कपिलवस्तुको चन्द्रौटामा विप्लबको मसाल जुलुस

सेयर गर्नुहोस

भारतिय ज्याजती विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (विप्लब) मसाल जुलुस कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले देशैभर मसाल जुलुस कार्यक्रम आयोजना गरेको छ ।

भारतले आफ्नो ससंद भवनमा राखेको नक्सामा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरलाई समाबेश गरेकाले मसाल जुलुस निकालेको नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लब) पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त चौधरी र जिल्ला सचिव बिनोद लुइँटेल (पाबेल) को नेतृत्वमा सम्पन्न भएको हो । मसाल जुलुस कार्यक्रममा नेकपाका करिब १ सय जना नेता कार्याकर्ताको सहभागिता रहेको थियो ।

Facebook Comments Box