म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु
काठामाडौं : म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी बताए। उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ।
म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा सोमवार दिउँसो ठूलो पानी परेको थियो।
Facebook Comments Box
