विजयनगरमा वृक्ष रोपण गरेर मनाइयो विश्व वातावरण दिवस
दिपक भण्डारी , विजयनगर ।
आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ।
’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवसमा गौतमबुद्ध साझेदारी वन कार्यालयमा बृक्षा रोपण गरिएको हो । आदर्श युवा क्लवको आयोजना , इन्द्रेणी ग्रामिण विकाश केन्द्र नेपाल को सहयोग , गौतमबुद्ध साझेदारी वन समिति र विजयनगर आर्थिक सामाजिक तथा सास्कृतिक संजालको समन्वयमा बृक्षा रोपण तथा अन्र्तकृया गरी दिवस मनाएको हो ।
दिवशको अवसरमा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको, वातावरण स्वच्छ र हरियाली वनाउन र पानीको मुहान सुक्न नदिनका लागि सवैले वोट विरुवा रोप्न पर्ने बताउनु भयो ।
गौतमबुद्ध साझेदारी वन समितिका अध्यक्ष प्रवेज आलम खानले वृक्षारोपणले गर्दा भुक्षय,बाढी र पहिरो जानबाट रोक्ने हुँदा खाली र बाजो जग्गाहरुमा बोट विरुवा रोप्नु पर्नेमा जोड दिनु भयो ।
दिवशको अवसरमा शुभकामना सन्देश दिँदै साझेदारी वनका अधिकृत गणेश बहादुर अएडीले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको, हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वन जङ्गलको संरक्षण, संवर्द्धन र वन विकासमा टेवा पु¥याउने उद्देश्यले सिम्बोलिक रूपमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको हो । त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने अएडीले जोड दिनु भयो ।
प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न पे्ररित गर्ने उद्देश्य रहेको आदर्श युवा क्लवका सचिव प्रभात न्यौपानेले जानकारी दिनु भयो । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाए पनि कार्यान्वयनमा आउन नसकेको न्यौपानेको भनाई छ ।
