१२ बैशाख २०८१, बुधबार

स्वास्थ सेवामा आत्याधुनिक प्रविधिकाे प्रयाेग बढाउदै शिवराज अस्पताल

अंकित श्रीवास्तव /कपिलवस्तु , जेठ १९ । जिल्लाकाे बहादुरगंज अवस्थित शिवराज अस्पतालकाे स्वास्थ सेवामा वृद्धि भई स्तराेन्नति हुदै आएकाे छ ।
कृष्णनगर नगरपालिकाकाे नगरयाेजनाबाट ३६ लाख अनुदानमा
५ सय मिलि एम्पियर काे डिजिटल एक्सरे संचालनमा ल्याएपछि जिल्ला मै अत्याधुनिक प्रविधिकाे एक्स-रे मेसिन जाेडिएकाे मेडिकल सुपरिटेन्डेन्ट डा.मुकेश कुमार चाैधरीले बताउनुभयाे ।
आन्तरिक स्राेत र कृष्णनगर नगरपालिकाकाे आर्थिक सहयाेगमा हाल अस्पतालमा ओटी सेवा ,फार्मेसी , स्वस्थ बिमा संचालनमा रहेकाे छ भने न्युनतम शुल्कमा इसिजी , डिजिटल एक्सरे र ल्याब टेस्टपनि भईरहेकाे एक्स-रे प्रविधिक ऋतुराम मिश्रकाे भनाई छ । आर्थिक बर्ष ०७९/८० काे वडा बजेटबाट ईसीजी पेसेन्ट मानिटर खरिदका लागि वडा १० का अध्यक्ष हरिपाल चतुर्वेदीले ५ लाख विनियोजन गरि अनुदान दिएका छन । अस्पतालले सर्वसाधारणलाई छिटाे र विस्वासीलो स्वास्थ सेवा दिन अत्याधुनिक प्रविधिकाे प्रयाेग बढाउन शुरु गरेकाे छ ।
आज डिजिटल एक्सरेकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पुर्व सांसद अभिषेक प्रताप शाहले संसदीय क्षेत्र बिकास काेषबाट अप्रेसन थ्याटेरका लागि विनियोजित गरेका ३५ लाख र नगरपालिकाकाे ५० लाख बजेटमा भवन निर्माण कार्य सम्पन्न भएकाे जानकारी नगरप्रमुख रजत प्रताप शाहले दिनुभएकाे हाे ।कार्यक्रममा मन्तव्यका क्रममा नगरप्रमुख शाहले कृष्णनगर नगरपालिकाले अगामी दिनमा पनि अस्पताललाई अपग्रेड गर्दै सस्ताे र सुलभ सेवा समाजका प्रत्येक नागरिकसम्म पुर्याउने प्रतिवद्धता गर्नुभएकाे थियाे ।

हालका समयमा अन्य अस्पतालमा ओैषधिकाे कमी भएपनि शिवराज अस्पतालमा स्थानीय तहसंग समन्वय गरि नेपाल सरकारले ताेकेकाे निशुल्क ओैषधि वितरण भईरहेकाे कार्यक्रम संचालन बिष्णु पाैडेलले जानकारी दिनुभएकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट