१४ बैशाख २०८१, शुक्रबार

लमजुङ कारागारबाट फरार दुई कैदी पक्राउ

लमजुङ : लमजुङ कारागारबाट फरार भएका दुवै जना कैदी पक्राउ परेका छन्।

लमजुङको बेसीसहर नपा–८ सेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर बुधबार राति दुई बजे २ कैदी फरार भएका थिए।

फरार मध्येका जबरजस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार प्रहरीले बेसीसहर–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो।

अर्का फरार रहेका गोरखा चुमनुब्री गाउँपालिका–३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीसहर–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए।

गुरुङ ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट