प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

सेयर गर्नुहोस

नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन्।

प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन्।

भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्री, उच्च सरकारी अधिकारी र अन्य सदस्यको सहभागिता थियो।

Facebook Comments Box