१३ बैशाख २०८१, बिहीबार

भाडाका २० हजार सैनिक मारिएपछि रुसले बाख्मुटमा आक्रमण रोक्यो

एजेन्सी
भाडाका २० हजार सैनिक मारिएपछि रुसले १० महिनापछि बाख्मुट शहरमा आक्रमण रोकेको छ। आक्रमण रोकिएसँगै बाख्मुट शहर सुनसान भएको अधिकारीलाई उद्धत गर्दै अल जजिराले जनाएको छ।

अहिले बाख्मुटमा कुनै सक्रिय लडाईहरू नरहेको युक्रेनका उपरक्षामन्त्री हन्ना मलियारले टेलिग्रामले बताएका छन्। बरु, १० महिनादेखिको लगातार आक्रमणका कारण शहरक्षतविक्षत भएको उनले बताए। रुसी सेनाले पूर्वी युक्रेनी बाख्मुट शहर कब्जा गर्न युद्धको नेतृत्व गर्ने वाग्नर समूह भाडाका सैनिकलाई घुमाउन परेको थियो।

यद्यपि रुसी रक्षा मन्त्रालयले भने कति सहयोगी सेना मारिए भन्ने उल्लेख गरेको छैन। रुसले मे २१ मा बाख्मुतमा विजयको दाबी गरेको थियो। यद्यपि युक्रेनी पूर्वी सेनाका प्रवक्ता सेर्ही चेरेभातीले भने १० महिनासम्म पनि बाख्मुट कब्जा गर्न नसकेपछि युद्ध हारेर रुस फर्किएको टिप्पणी गरेका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट