१२ बैशाख २०८१, बुधबार

पृथ्वी राजमार्ग सडक विस्तारमा, भएको प्रदुषण नियन्त्रण गर्न माग

दमौली । दमौली बजार ईकाई समितिले पृथ्वी राजमार्गको सडक विस्तारमा भएको प्रदुषण नियन्त्रणका लागि पर्याप्त मात्रमा सडकमा पानी राख्न अनुरोध गरेको छ ।

समितिले मंगलबार प्रेस विज्ञाप्ती निकाल्दै तनहुँ जिल्ला अन्तर्गत पर्ने पृथ्वीराजमार्गको सडक विस्तार तथा पक्की सडकको दायाँ–बाया खन्ने कार्य तीव्र रुपमा अघि बढि रहेको उल्लेख गर्दै, त्यस बाट भएको प्रत्यक्ष प्रदुषणका कारण सम्पुर्ण उधोगी व्यवसायीहरुलाई व्यापार व्यवसाय संचालन गर्न र पैदल यात्रीहरुलाई हिड–डुल गर्न गाह्रो भएको जनाईएको छ ।

पृथ्वी राजमार्गमा अत्याधिक सवारी साधनहरु आवत–जावतका कारण धुवा धुलोले व्यवसायीहरुको पसलमा रहेका सामानहरु धुलाम्य भर्ई बेच्न नसक्ने अवस्था सिर्जना भएको र जन–स्वास्थ्यमा प्रत्यक्ष असर पार्दै उच्च सडक दुर्घटनाको सम्भावना भएकाले सडक निर्माण कार्य संगै प्रदुषण नियन्त्रणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई ध्यनाकर्षण गराईएको विज्ञाप्तीमा उल्लेख छ ।फाइल तस्बिर

धेरै कमेन्ट गरिएका

ताजा उपडेट