६ बैशाख २०८१, बिहीबार

चीनले गरेको सिमाबन्द ले नेपाली जनता पिडामा

चीन सँग सिमा जोडिएको ताप्लेजुङको ओलाङचुङगोला नाका खुलाउन सांसद उर्मिला थेबेले माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गरेकी हुन् ।कोभिड–१९ को सङ्क्रमणपछि बन्द ताप्लेजुङको ओलाङचुङगोला स्थित नाका अझै खुल्न सकेको छैन ।

नाका नखुल्दा सिमावर्ती ओलाङचुङगोला लेले क्षेत्रका बासिन्दाका दैनिकी कष्टकर बनेको छ ।ओलाङचुङगोला र याङमा गाउँ आसपासका ५ ६ हजार मानिसका लागि तिप्ला नाका जीवनको आधार बनेको छ ।

थेबेले भनिन्,’ त्यहाँको सांसदको नाताले ताप्लेजुङका हिमाली जिल्लाको चरम आर्थीक सङ्कट कम गर्न आग्रह गर्दछु । चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गर्दछु ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट