अमिताभले भने- ‘ट्विटर, निलो टिको फर्काइदेऊ, खुट्टै जोड्नुपर्छ क्या हो?’

सेयर गर्नुहोस

काठमाडौँ- सामाजिक सञ्जाल ट्विटरले प्रयोगकर्ताहरुको आधिकारिकता देखिने ‘निलो टिको’ हटाएपछि भारतीय अभिनेता अमिताभ वच्चनले व्यंग्य गर्दै स्टाटस लेखेका छन्।

डोनाल्ड ट्रम्पदेखि बिल क्लिन्टन, शाहरुख खानदेखि रोनाल्डोसम्मको निलो टिको बुधबार रातिदेखि ट्विटरले हटाएको हो। आफ्नो निलो टिको हटेकामा अभिनेता अमिताभ वच्चनले ट्विटरलाई सम्बोधन गर्दै निलो टिका फर्काइदिन आग्रह गरेका छन्। उनले लेखेका छन्- ‘हात जोड्दै छु, अब खुट्टै जोड्नु पर्ने हो कि क्या हो?’

अब ट्विटरले जो बाइडेनजस्ता राजनीतिक व्यक्तिगत प्रयोगकर्ताहरुलाई खैरो टिको दिने गरेको छ भने संस्थागत एकाउन्टहरुलाई सुनौलो टिको दिने गरेको छ। शुल्क तिरेर भने निलो टिको लिन पाइने व्यवस्था ट्विटरले गरेको छ।

अमिताभले लेखेका छन्- ए twitter भइया ! सुन रहे हैं ? अब तो पैसा भी भर दिये हैं हम … तो उ जो नील कमल होत है ना, हमार नाम के आगे, उ तो वापस लगाय दें भैया , ताकि लोग जान जायें की हम ही हैं – Amitabh Bachchan .. हाथ तो जोड़ लिये रहे हम । अब का, गोड़वा जोड़े पड़ी का ??

Facebook Comments Box