अष्ट्रेलियामा लामो समयसम्म चिनियाँ एप टिकटक प्रतिबन्ध !

सेयर गर्नुहोस

एजेन्सी ।
अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल टिकटक एपमाथि लामो समय प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
मंगलबार अष्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले टिकटकमाथि प्रतिबन्धको घोषणा गरेका हुन्। देशभित्र डाउनलोड गरिएका टिकटक एपलाई जतिसक्दो चाँडो डिलिट गर्न पनि सरकारी अधिकारीले निर्देशन दिएका द गार्जियनले लेखेको छ।

अष्ट्रेलिया सरकारले सीमित अवस्थाबाहेक सरकारी फोनहरूमा भविष्यमा यो एप राख्न अनुमतिसमेत नदिने भएको छ।

गार्जियनको अष्ट्रेलिया पोस्टले हाल टिकटकलाई प्रतिबन्ध लगाइनसकेको तर सरकारले प्रतिबन्धबारे भने समीक्षा गरिरहेको लेखेको छ।

अष्ट्रेलियाको केन्द्र सरकारले गरेको यस्तो निर्णय राज्य र क्षेत्रहरूले मान्ने सम्भावना छ। तर अहिलेसम्म भिक्टोरिया राज्यले मात्र केन्द्र सरकारको प्रतिबन्धको नियम लागू गर्ने निर्णय गरेको छ।

टिकटकले प्रयोगकर्ताको डाटाको व्यापक संकलन गरेको र यसले जोखिम निम्त्याएको भन्दै सुरक्षा र गोपनीयताको सवाल उठेपछि बन्द गर्नुपर्ने अवस्थामा सरकार पुगेको सञ्चारमाध्यमहरूमा जनाइएको छ।

टिकटक चिनियाँ एप भएकाले यसका निर्देशनहरू विदेशी सरकारबाट निर्देशित भएको र जुन अष्ट्रेलियाको कानूनसँग बाझिने देखिएको सरकारले प्रस्टोक्ति दिएको छ।

Facebook Comments Box