१५ बैशाख २०८१, शनिबार

जिल्ला समन्वय समितिले ग¥यो विजयनगरमा अनुगमन

कृष्ण पौडेल विजयनगर।।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रबार एक टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति र विजयनगर गाउँपालिको टोलीले गाउँपालिकाभित्र विभिन्न निर्माणधीन अवस्थामा रहेका विभिन्न विकास निर्माण योजनाहरुको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ को वडा कार्यालयको नवनिर्मित भवन र वडा नम्बर ७ मा रहेको आश्रम, वडा नम्बर ६ मा जनजागृति आधारभूत विद्यालय बद्धौरको भवनलाई स्थलगत अनुगमन गरिएको सब–इन्जिनियर हेमन्त कुमार चौधरीले जानकारी दिनुभएको छ । उहाँले प्राराम्भिक रुपमा पालिकाको योजना कार्यान्वयनको यथार्थ वस्तुस्थितिको बुझ्न गाउँपालिकाभित्र विकास कार्यहरुको अनुगमन गरिएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, उप–प्रमुख रमेश कुर्मी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल लगायतले टोलीले विकास निर्माणका कामहरुको अनुगमन गरेको हो । यस्तै गाउँपालिकाको वडा नम्बर ६ बद्धौरमा बन्दै गरेको १५ शैय्याको नवनिमर्मित अस्पतालको समेत उक्त टोलीले अनुगमन गरिएको जनाइएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट