काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुमा भारत भ्रमण हुने बताएका छन्। संसदबाट दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मिति नै भने टुंगो नलागेको बताए।
‘भारत भ्रमणको टुंगो लागेको छैन। तर यो महिनाको अन्त्य वा अर्को महिनाको सुरुमा हुनसक्छ,’ सञ्चारकर्मीको जिज्ञासामा उनले भने।
प्रधानबन्त्री बनेपछि भारतीय टेलिभिजनसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले पहिलो वैदेशिक भ्रमण भारतबाट हुने बताएका थिए। प्रचण्डले यसअघि कतार भ्रमण र चीन भ्रमण स्थगित गरेका थिए। उनी चीनमा हुने बोआओ फोरममा सहभागी हुने मिति तय गरेका थिए। तर राजनीतिक स्थिरता आइनसकेको भन्दै चीन जाने आयोजना स्थगित गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत पाएका छन्। उनको पक्षमा १७२ सांसदले मत दिएका छन्। उनले उक्त संख्या पर्याप्त रहेको र अब सरकार आरामसँग चल्ने दाबी गरे। उनले भोलिदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताए
3