गुप्तचर स्याटलाइट अन्तरिक्ष पुर्‍याएको चिनियाँ रकेट नेपालको आकासमा नष्ट

सेयर गर्नुहोस

एजेन्सी ।
अन्तरिक्षमा गुप्तचर स्याटलाइट पुर्याउन प्रयोग भएको चिनियाँ रकेटको एउटा हिस्सा गत शनिबार नेपालको आकासमा नष्ट भएको अमेरिकी ननप्रोफिट संस्था यूएस नेवल इन्स्टिच्युटले जनाएको छ।

खगोल–भौतिकशास्त्री जोनाथन म्याकडवेललाई उधृत गर्दै सो संस्थाले चाङ चेङ टुडी ‘लङ मार्च’ अन्तरिक्ष यानको दोस्रो खण्ड शनिबार नेपालको आकासमा प्रवेश गरेको बताएको छ। सो खण्ड गत जुलाई २९ मा चीनले प्रक्षेपण गरेको यानको हिस्सा भएको बताइएको छ। सो खण्डको तौल चार टन भएको बताइएको छ।
त्यसअघि बुधबार त्यस्तै यानको एउटा खण्ड अमेरिकाको टेक्ससको आकासमा प्रवेश गरेको र जलेर नष्ट भएको सो इन्स्टिच्युटले जनाएको छ।

चीनले त्यसरी पठाएको यानको दोस्रो खण्ड वायुमण्डलमा कहाँ प्रवेश गर्ने र कहाँ खस्ने भन्ने योजना नै नबनाएको म्याडवेलले बताएका छन् । अन्तरिक्षमा बेकार बनेका यानका हिस्साहरुलाई अनियन्त्रित रुपमा वायुमण्डलमा प्रवेश गर्न दिएको भन्दै पश्चिमा मुलुकहरुले चीनको आलोचना गर्ने गरेका छन्।

गत नोभेम्बरमा लङ मार्च ५ यानको २३ टनको एउटा हिस्सा प्रशान्त महासागरमा खसेको थियो। फाइल तस्बिर

Facebook Comments Box