१४ बैशाख २०८१, शुक्रबार

युवा नेता मिर्जा राशिद बेगद्वारा शैक्षिक सामग्री वितरण

कृष्ण पौडेल, विजयनगर । युवा नेता मिर्जा राशिद बेगले १ सय २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । कृष्णनगर नगरपालिकाको वडा नम्बर ३ लक्ष्मी नगरमा अवस्थित मदरसा फैजे मुस्तफा फतेकियामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको मदरसाले जनाएको छ ।

मिर्जाले मदरसामा कपी, कलम, पेन्सिल र एउटा इस्लामिक पुस्तक उपलब्ध गरेको बताए । उनले यस सामग्रीले विद्यार्थीको पठनपाठनमा टेवा पुग्ने बताउँदै शिक्षातर्फ विद्यार्थीको लगाव बढ्ने विश्वास व्यक्त गरे ।

उनले थौरै भए पनि शैक्षिक गुणस्तरमा सहयोग पुग्नुको साथै शिक्षा अझै प्रभावकारी हुने भन्दै शैक्षिक सामग्रीको साथै मदरसाका विद्यार्थीलाई केही आर्थिक सहयोगसमेत गरेको जनाए । उनले मदरसालाई शिक्षाको मूलधारमा ल्याउन आवश्यक रहेको जिकिर गरे । समाज परिवर्तन गर्न शिक्षा सबैको लागि अनिवार्य हुनुपर्नेमा बेगले जोड दिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट