लायन्स क्लबले गरायाे ४६०० जनाकाे निशुल्क अँाखा जांच
कृष्णनगर, कार्तिक २ । कपिलवस्तुकाे कृष्णनगरमा लायन्स क्लबकाे अायाेजना र लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्रकाे सहयाेगमा अाज तीन सय पचास जनाकाे निशुल्क अांखा जाँच सम्पन्न भएकाे छ ।
साे अवसरमा शिविरका संयाेजक ला. दिनेशचन्द्र गुप्ताले लायन्स क्लब अफ कृष्णनगरले अाफ्नाे चाैबिस बर्षे कार्यकालमा ४६०० भन्दा बढीकाे निशुल्क अांखा जाँच तथा माेतियाबिन्द अप्रेसन गराईसकेकाे बताउनुभयाे । लायन्स क्लब ईन्टरनेशनलका डिष्ट्रिक एडवाईजर दिनेशचन्द्र गुप्ताकाे नेतृत्वमा क्लबकाे कृष्णनगर शाखाले प्रत्येक बर्ष सयाैं विपन्न गरिब परिवारकाे निशुल्क अांखा जांच तथा माेतियाबिन्द अाप्रेसन गराउदै अाएकाे छ । एडवाईजर गुप्ताले लायन्स क्लब मार्फत रक्तदान, समाजिक जनचेतना फैलाउने जस्ता अतिरिक्त कार्यक्रमहरु पनि गर्दे अाएकाे बताएका छन ।
कृष्णनगर उद्योग वाणिज्य संघकाे हालमा अाज सम्पन्न भएकाे निशुल्क अांखा जाँच तथा माेतियाविन्द अप्रेसन कार्यक्रममा दुई सय पचास जनाकाे स्क्रिनिङ्ग टेस्ट भईसकेकाे तथा एक सय जनामा माेतियाविन्द देखा परेका कारण जाँच गराई सकेकालाई शल्यक्रियाका लागि लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्र कृष्णनगर मै गरिने शाखाकी ईन्चार्ज पारुल श्रीवास्तवले जानकारी गराएकी छिन ।
साे अवसरमा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष गुरुशरण सिंहले लायन्स क्लबकाे कार्य अति नै सरहनिये रहेकाे र भविष्यमा पनि यस्ता समाज लक्षित अन्य कार्यक्रमहरु क्लबलाई सुझाव दिएका थिए ।