२७ भाद्र २०८१, बिहीबार

शिक्षक समुह द्वारा शुभकामना आदान प्रदान सम्पन्न


कपिलवस्तु ।
विजयनगर गाउँपालिका आज शुभकाना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाको वडा नं. ७ मा रहेको लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा भएको हो ।शिक्षक परिवारको आयोजना र गाउँपालिकाको वडा नं. ७ को सहयोगमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शुभकामना मन्तव्य दिँदै जहाँ सद्भाव र विश्वास हुन्छ त्यहाँ सवै कुरा सम्भव हुने बताउनु भयो । उहाँले “सोच र व्यवहार परिवर्तन भएमा विकासको गति लिन्छ” थापाले भन्नु भयो ।

यसरी सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, भाईचारा मेलमिलापको सम्बन्ध कायम हुने कुरामा जोड दिनु भयो । यी पर्वहरु मनाउन एक अर्कालाई सक्दो सहयोग गरे मात्र हाम्रो धर्म सँस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुने बताउनु भयो ।

कार्यक्रममा उपस्थित अधिकांश शुभकामना दिने वक्ताले आफ्नो सिकाई भोगाई र अनु भनुभवहरु राख्दै सामाजिक सद्भाव कायम हुने गरी भव्य र सव्य रुपमा मनाउन जोड दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यपक, शिक्षक, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने लोक सेवा आयोगमा नाम निकाल्न सफल भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा देवेन्द्र मणि त्रिपाठी, आधारभूत विद्यालयका प्रधानाध्यपक गोमा खड्का, विक्रम केसी, वडा नं. ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

उक्त कार्यक्रम लौटनराम द्रोपदी देवी माविका प्रधानाध्यक श्याम प्रकाश चौधरीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख अतिथ्यता, शिक्षा विकास निर्देशनालयका राम करण पाल, वडा नं. ७ का वडाध्यक्ष दिनेश कुमार चौधरीको विशिष्ट अतिथ्यता रहेको थियो भने शिक्षक देवानन्द ठाकुरको सञ्चालनमा सम्पन्न भएको हो ।

धेरै कमेन्ट गरिएका