सुरक्षा चिन्तालाई लिएर चिनियाँ सीसीटीभी क्यामेरा हटाउँदै अष्ट्रेलिया

सेयर गर्नुहोस

काठमाडौं। अष्ट्रेलियाले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण डिफेन्स अथवा रक्षा साइटबाट चीन निर्मित निगरानी (सीसीटीभी) क्यामेराहरू हटाउने भएको छ।

एक लेखापरीक्षणले हाइकभिजन र दहुआ कम्पनीले सरकारी जग्गामा बनाएका साइटमा ९०० वटा सर्भेलेन्स उपकरण फेला पारेपछि यस्तो निर्णय आएको हो। गत वर्ष बेलायत र अमेरिकाले पनि यस्ता उपकरणको डाटामा चीनले पहुँच बनाउन सक्ने चिन्तामा यस्तै कदम चालेका थिए । हाइकभिजनले यस्तो चिन्ताको कुरा निराधार भएको भनेको छ भने, दहुआले कुनै प्रतिक्रिया दिएको छैन ।

अष्ट्रेलियाली सरकारी साइटहरूको लेखापरीक्षणले विदेशी मामिला र महान्यायाधिवक्ताका विभागहरू सहित लगभग हरेक विभाग रहेका २०० भन्दा बढी भवनहरूमा क्यामेरा र सुरक्षा गियरहरू फेला पारेको छ। रक्षा विभागमा समेत एक एकाई फेला परेको छ । तर वास्तविक संख्या भने अज्ञात छ।

रक्षामन्त्री तथा उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले बिहीबार सरकारले डिफेन्स साइटमा फेला पर्ने सबै क्यामेरा हटाउने र पूर्णरुपमा सुरक्षित बनाउने बताएका छन् ।

महान्यायाधिवक्ता मार्क ड्रेफसले पनि सरकारले अन्य सरकारी भवनहरूका क्यामेराहरू हटाउन आवश्यक छ कि छैन भनेर समीक्षा गर्ने बताएका छन् ।

Facebook Comments Box