डेङगु रोगको नियन्त्रणका लागी कृष्णनगरमा औषधी छर्कीयौ

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २०
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले डेङगु रोगको नियन्त्रणको लागी औषधी छर्केको छ ।
कृष्णगरको विभिन्न चोकमा गई नगरपालिकोले डेङगुको औषधी छर्केको कृष्णनगर नगरपालिकाका सुचना अधिकृत शाकिर अह्मद शाहले बताउनु भयो ।
पछिल्लो समय कृष्णनगर सहित कपिलवस्तुको विभिन्न स्थानमा डेङगु रोगी फेला परेपछि रोग नियन्त्रणको लागी औषधि छर्केको हो ।
कृष्णनगरको चोक तथा गल्लीमा पुगेर औषधि छर्दै , घरवरिपरि सफा राख्न नगरवासीलाई अनुरोध गर्दै डेङगु रोगवाट बच्न सचेत हुन समेत आग्रह गरेको समाजसेवी अकरम पठानले जानकारी दिनुभयो ।
डेङगु रोगको नियन्त्रणको अभियानमा कृष्णनगर उद्योग वाण्ज्यि संघका अध्यक्ष गुरु शरण सिह , समाजसेवि जितु गोयल लगायतले सहयोग गर्नुभएको थियो । का
Facebook Comments Box
