मुर्ति विसर्जन साैहर्दयपुर्ण हुने :प्रनि पाैडेल

अंकुश श्रीवास्तव
कृष्णनगर, असाेज १९ । मुर्ति विसर्जनमा समाजिक सदभाव विगार्ने एवं अमानविय क्रियाकलाप हुन नदिन अाफु तैयार रहेकाे प्रनि प्रताप पाैडेलले जानकारी दिएका छन ।
विगतका दशैं तिहारका बेला मुर्ति विसर्जनमा हुने गरेका असमप्रदायिक घटनालाई मध्यनजर गर्दै शान्ति ,सुरक्षा कायम राख्न कृष्णनगर र वरपरका ठाउंमा उच्च सुरक्षा सतर्कता अपनाईएकाे प्रहरी निरिक्षक प्रताप पाैडेलले जानकारी दिएका छन । असाेज २१ गते हुने दुर्गा भवानीकाे मुर्ति विसर्जनका लागि अावश्यक जनशक्ति कृष्णनगर ईप्रका भित्र कम भएपनि अन्य ईप्रकाका जवानहरु परिचालन गर्न नायब प्रहरी निरिक्षक अशाेक श्रीवास्तवकाे नेतृत्वमा प्रहरी काेर टीम तैनाथ गरिएकाे प्रनि पाैडेलले बताएका छन । कृष्णनगर बजार भारतीय सिमासंग सटेका कारण अवाञ्छित तत्वहरु भित्रिन सक्ने हुनले लिंक गेट र भन्सारकाे सिसि क्यामेराले निगरानी गर्ने साथै विसर्जनका दिन बिहान १० बजे देखि सिमा बन्द गरिने छ । अाजैदेखि बजार भित्रका मदिरा पसलहरु मुर्ति विसर्जन नभएसम्मका लागि बन्द गरिएकाे छ । मुर्ति विसर्जनमा हुन सक्ने कुनैपनि अमानवीय क्रियाकलापलाई निष्क्रिय पार्न जनपद प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त स्केटिङ्ग टाेली प्रत्येक मुर्तिसंगै हुन्छन भने परिस्थिति अनुसार रिजर्भ फाेर्सका रुपमा सेनालाई समेत प्रयाेग गर्न सकिने छ ।
कृष्णनगर वरपरका कुल १९ वटा मुर्तिलाई व्यवस्थित विसर्जन गराउन ईप्रका कृष्णनगरले ५० स्थानिय युवाहरुकाे स्वयं सेवक टाेलि बनाएकाे छ । अाईडी कार्ड र टि-सर्टमा स्वयंसेवकहरु प्रहरीसंग समन्वय गरि विसर्जनमा गर्नेछन । नवमी दिनदेखि नै अनुमति लिएका सवारीसाधन मात्र बजार भित्र प्रवेश पाउँछन् तर दर्शन र मेलामा अाउने श्रद्धालुहरुकाे गाडी पार्किङकाे व्यावस्था मिलाईएकाे ट्राफिक प्रहरीले जनाएकाे छ । त्यस्तै सिमाबाट घुसपैठ नियन्त्रणका लागि सशस्त्र प्रहरीकाे टाेलीले विशेष सुरक्षा अभियानमा लाग्ने साथै स्वयंसेवक र जनपद प्रहरीसंगै खटि विसर्जनलाई सुव्यवस्थित र मर्यादित बनाउन एकसय पचास भन्दा बढी नायब जवानलाई परिचालन गरिने नायब उपरिक्षक सुनिल शाहीले बताउनुभयाे ।
नेपाल-भारतका सुरक्षा निकायहरुकाे बैठकमा सिमासंग सटेका दुवैतिरका बजार कृष्णनगर र बढनीमा एकैदिन मुर्ति विसर्जन गराईदा हुनसक्ने घटनालाई नियन्त्रण गर्न सक्ने निष्कर्ष निकालेकाे थियाे त्यही अनुरुप असाेज २१ गते एउटैसमयमा नै मुर्ति विसर्जन हुने स्राेतले जनाएकाे छ ।