५ जेष्ठ २०८१, शनिबार

कपिलवस्तुमा एक लाख मुल्य बराबरको विस्फोटक पदार्थ नष्ट

20161104_143952

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २०
कपिलवस्तुको कृष्णनगरमा बरामद गरीएको एक लाख मुल्य बराबरको विस्फोटक पदार्थ नष्ट गरीएको छ । विभिन्न समयमा भारतवाट लुकाई छिपाई नेपाल ल्याउदै गर्दा कपिलवस्तुको विभिन्न स्थानबाट पक्राउ गरीएको विस्फोटक पदार्थ कृष्णनगरमा नष्ट गरीएको हो ।
सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर र इलाका प्रहरी कार्यलय कृष्णनगरको गस्ती टोलीले पक्राउ गरेको विस्फोटक पदार्थ नष्ट गरेको सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका प्रमुख तारिख चन्द्र चौधरीले बताउनु भयो ।
तिहारमा पडकाउने पटका, अतिसबाजी, झिरभिरे, भुइचम्पा बरामद गरी कृष्णनगर उद्योग वाण्ज्यि सघं गुरु शरण सिह,मौलाना मश्हुद खा नेपाली, डां अब्दुल गनी अल कुफी,पत्रकार, स्थानिय समाजसेवीको रोहबारमा विस्फोटक पदार्थ नष्ट गरीएको हो ।
विस्फोटक पदार्थ नष्ट गुल्म परिषरमा खडल खनी पानी हालेर नष्ट गरीएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रमुख सन्जय रिजालले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट