१२ बैशाख २०८१, बुधबार

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?’

 

पोखरा । नेपाली कांग्रेसका सांसद पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ? भनी प्रश्न गरेका छन् ।

संघीय संंसदको आजको बैठकको शून्य समयमा सांसद परियारले संसदमार्फत सरकारसंग यस्तो प्रश्न गरेका हुन् ।उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘ठीक एक महिना अघि प्रधानमन्त्रीज्यूबाटै विमानस्थल उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु विडम्वना हो ।’ साथै उनले माघ १ गते पोखरामा भएको जहाज दुर्घटनाको सत्यतथ्य छानविन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरे । विमान दुर्घटनामा निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै उनले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउनुपर्नेमा जोड दिए ।
सांसद परियारले माघ १६ गतेको शहीद दिवसको सम्झना गर्दै ज्ञात-अज्ञात वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका परियारले यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रममा आफूहरुको नाम नलिइएकोप्रति दुःख प्रकट गरेका थिए । विमानस्थल निर्माणका लागि आफूले पनि भूमिका खेलेको भन्दै उनले आफ्नो भूमिकाको अवमूल्यन गरिएको बताएका थिए ।उनले संघीय सांसदमा नियुक्त भएपछि कास्कीको विकास निर्माणमा चासो राख्दै छलफल शुरु गरेका छन् ।

उनले केही दिन अघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र वडाध्यक्षहरुका साथै निर्माणसंग सम्बन्धित निकायसंग छलफल गरेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट